कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हप्तामा २ दिन बिदाले 'स्वास्थ्य सेवा प्रभावित'

छलफलका लागि सरोकारवालाहरूलाई स्वास्थ्य मन्त्रालयले बोलायो

काठमाडौँ — हप्तामा दुई दिन बिदा दिने व्यवस्थाले स्वास्थ्य क्षेत्र प्रभावित हुने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । दुई दिन बिदाको व्यवस्थाले ओपीडीलगायतका सेवा प्रभावित हुने भन्दै सरोकारवालाहरूले चासो र चिन्ता व्यक्त गरेका हुन् ।

हप्तामा २ दिन बिदाले 'स्वास्थ्य सेवा प्रभावित'

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य क्षेत्रमा आइतबार बिदा दिने वा नदिने भन्ने विषयमा बिहीबार सरोकारवालाहरुसँग छलफल गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै ठूला अस्पतालका निर्देशक, स्वास्थ्यमा क्रियाशील ट्रेड यूनियन र पेशागत संघ,संगठनको समितिलाई पत्राचार गर्दे छलफलका लागि डाकेको छ ।

सरकारले मन्त्रिपरिषद्को वैशाख १३ गतेको निर्णयानुसार जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदाको निर्णय गरेको छ । आइतबारका दिन अस्पतालका बहिरंग(ओपीडी) सेवा बन्द गर्ने वा खोल्ने भन्ने विषयमा अझै छलफल हुन सकेको छैन ।

२ दिने बिदा सम्बन्धमा विभिन्न मत देखिएका छन् । सर्वसाधारणहरुले यो निर्णयले मर्का पर्ने बताएका छन् । लामोसमयदेखि शल्यक्रियाको पालो पर्खिरहेका बिरामी, परीक्षणका लागि समय तोकिएका बिरामी, टाढाबाट आउने बिरामी मर्कामा पर्न सक्ने हुन्छन् ।

नेपाल चिकित्सक संघले भने सरकारको यो निर्णयलाई स्वागतयोग्य भनेको छ । हप्ताको सातै दिन, दिन रात नभनी बिरामीको सेवामा खटिने चिकित्सकहरुस्वयं आफू पनि मानसिक तथा शारीरिक तनावमा रहनु पर्ने भएकालेसरकारको यस निर्णय स्वास्थ्य क्षेत्रमा पनि लागू भई सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्नका लागि सहयोग पुग्ने विश्वास रहेको संघको भनाइ छ ।

प्रकाशित : वैशाख २१, २०७९ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?