कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तातो हावा ‘लु’बाट कसरी जोगिने? 

काठमाडौँ — वैशाख महिना लागेसँगै गर्मी निकै नै बढेको छ । गर्मीयामसँगै तापक्रम बढेको छ । तराईका क्षेत्रमा मौसम पूर्वानुमान शाखाले तातो हावा ‘लु’ चल्न सक्ने जनाएकाे छ ।

तातो हावा ‘लु’बाट कसरी जोगिने? 

तातो हावा तथा ‘लु’ लाग्दाका लक्षणहरु

–हृदयको गति तीव्र हुने,

– शरीरबाट पसिना ननिस्किने,

– टाउको अत्यधिक दुख्ने,

– चक्कर लाग्ने, अचेत हुने

– शरीरको तापक्रम १०४ डिग्री फरेनहाइटभन्दा बढी हुने,

– छाला सुख्खा ,रातो वा तातो हुने,

बच्ने उपायहरु

चिकित्सकहरुका अनुसार गर्मीमा स्वास्थ्यको विशेष हेरचाह गर्नुपर्छ । माथि उल्लेखित असरहरु देखिएका बिरामीलाई तुरुन्त नजिकैको अस्पताल लैजानुपर्छ ।

के गर्ने ?

–दिउँसो घरबाट बाहिर ननिस्कने,

–फलफूलको रस र पानी पिउने र धेरै पसिना आएमा कहिलेकाहीँ जीवनजल पिउने,

–बाहिर निस्कनै परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्ने,

–चिसो पानीेले नुहाउने

–क्याफिनले धेरै पिसाब गराउने हुँदा चिया, कफी, सोडाजस्ता पेयपदार्थ नपिउने,

– खेतबारीका कामकाज सकभर बिहान वा बेलुका गर्ने,

– मदिरा सेवन नगर्ने

– चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउने ।

प्रकाशित : वैशाख १३, २०७९ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?