कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
कोरोना भाइरस

थप ६८० संक्रमित, १ हजार ८३५ डिस्चार्ज

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर र एन्टीजेन विधिबाट ७ हजार ९५ जनामा गरिएको परीक्षणमा ६८० जनामा संक्रमण देखिएको जनाएको हो ।

थप ६८० संक्रमित, १ हजार ८३५ डिस्चार्ज

पीसीआर विधिबाट ४ हजार २५६ जनामा परीक्षण गर्दा ४९८ जना र एन्टिजेन विधिबाट २ हजार ८३९ जनामा परीक्षण गर्दा १८२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै २४ घण्टायता निको हुनेको संख्या १ हजार ८३५ पुगेको छ । सोही अवधिमा २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी तथ्यांकमा उल्लेख छ । मंगलबारसम्म संक्रिय संक्रमितको संख्या १९ हजार ४०० रहेको छ । २४ घण्टामा ४३ हजार ८८१ जनाले खोप लगाएका छन् ।


प्रकाशित : फाल्गुन ३, २०७८ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?