कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चितवनमा पाँच सय ३७ स्वास्थ्यकर्मी सङ्क्रमित

रासस

काठमाडौँ — जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत ५३७ जना स्वास्थ्यकर्मीहरू कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । सरकारी, निजी अस्पताल, पालिकाका अन्तर्गत स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरू सङ्क्रमित भएका हुन् ।

चितवनमा पाँच सय ३७ स्वास्थ्यकर्मी सङ्क्रमित

हालसम्म सबैभन्दा बढी बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १४४ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीले बताए ।

चितवन मेडिकल कलेजमा ११४ जना, भरतपुर अस्पतालमा ८३ जना, अन्य निजी अस्पतालमा ६२ जना, कलेज अफ मेडिकल साइन्सेसमा ३४ जनामा सङ्क्रमण पुष्टि भएको तिवारीले जानकारी दिए ।

पालिकाको स्वास्थ्य शाखाअन्तर्गत कार्यरत भरतपुर महानगरमा २८ जना, रत्ननगर नगरपालिकामा १५ जना, राप्ती नगरपालिकामा १८ जना, खैरहनी नगरपालिकामा १८ जना, कालिका नगरपालिकामा ८ जना र ईच्छाकामना गाउँपालिकामामा ९ जनामा सङ्क्रमण भएको छ । माडी नगरपालिकाको भने हालसम्म विवरण आइनसकेको तिवारीले बताए ।

स्वास्थ्य कार्यालयमा कार्यरत चार जनामा सङ्क्रमण पुष्टि भएको छ । तिवारीका अनुसार हालसम्म जिल्लामा स्वास्थ्य सेवा बन्द हुने गरी प्रभावित भएको छैन । आलोपालो गरेर स्वास्थ्य सेवा सञ्चालन भइरहेको उनले बताए । आइसोलेसनमा रहेको सात दिनमै काममा फर्किने हुँदा ठूलो समस्या नहुने अपेक्षा गरिएको तिवारीले बताए ।

हालसम्म भरतपुर अस्पतालले जिओपिडी र नियमित शल्यक्रिया सेवालाई स्थगित गरेको छ भने अन्य कुनै स्वास्थ्य संस्थाका नियमित सेवा प्रभावित बनेका छैनन् । सङ्क्रमितको सङ्ख्या धेरै भए पनि अस्पताल भर्ना हुनेको सङ्ख्या न्युन रहेका कारण जनशक्तिको अभाव नभएको तिवारी बताउँछन् ।

प्रकाशित : माघ १०, २०७८ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?