कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देशभरका संक्रमितमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकामै

काठमाडौँ — देशभर कोरोना संक्रमितमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकामै संक्रमित भएको पाइएको छ । पछिल्लो २४ घन्टामा देशभर १० हजार २ सय ५८ संक्रमित थपिएकामा उपत्यकामा मात्रै ५ हजार ५ सय ४९ जनामा संक्रमण पुष्टि भएको छ ।

देशभरका संक्रमितमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकामै

यो देशभरको तुलनामा ५४.०९ प्रतिशत हो । सोमबार भने उपत्यकामा ५८ प्रतिशतमा संक्रमण देखा परेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार मंगलबार काठमाडौंमा ४ हजार ४, ललितपुरमा ९ सय ७५ र भक्तपुरमा ५ सय ७० जना संक्रमित थपिएका छन् ।

हाल काठमाडौंमा सक्रिय संक्रमितको संख्या १७ हजार ७ सय ९ पुगेको छ । यस्तै, ललितपुरमा २ हजार ३ सय ९६ र भक्तपुरमा ४ हजार ४ सय ७१ जना सक्रिय संक्रमित छन् । राजधानीको बाक्लो जनसंख्यामा निरन्तर ५० प्रतिशतभन्दा बढी संक्रमित देखिनुलाई विज्ञहरूले निकै जोखिमको रुपमा औंल्याएका छन् ।

प्रकाशित : माघ ४, २०७८ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?