कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना संक्रमितको उपचारमा थप दुई औषधिलाई डब्लूएचओको अनुमति

काठमाडौँ — विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना संक्रमितको उपचारमा थप दुई औषधिलाई अनुमति दिएको छ । डब्लूएचओले ब्यारिसिटिनिब र क्यासिरिभिमाब-इमडेभिमाबलाई संक्रमितहरुको उपचारमा प्रयोग गर्न बिहीबार अनुमति दिएको हो ।

कोरोना संक्रमितको उपचारमा थप दुई औषधिलाई डब्लूएचओको अनुमति

बाथमा रोगमा समेत प्रयोग हुँदै आएको ब्यारसिटिनिब औषधि कोभिडका गम्भीर बिरामीहरुलाई कोर्टिकोस्टोरइडस् औषधिसँग मिलाएर खुवाउन सकिने डब्लूएचओका विशेषज्ञ चिकित्सकहरुले जनाएका छन् ।

यो औषधिले बिरामीको स्वास्थ्यमा सुधार गर्दै भेन्टिलेसनसम्म जाने खतरा समेत नियन्त्रण गर्ने चिकित्सकहरुले उल्लेख गरेका छन् । उनीहरुले यो औषधि बिरामीमा परीक्षण गर्दा बिरामीलाई थप असर गर्न रोकेको थियो ।

डब्लूएचओका विशेषज्ञहरूले ब्यारसिटिनिबको प्रभाव पनि बाथमा प्रयोग हुने अन्य औषधि इन्टरल्युकिन-६(आईएल-६) इन्हिबिटर्स जस्तै रहेको उल्लेख गरेका छन् ।

दुवै औषधिलाई एकैपटक सेवन नगर्न पनि चिकित्सकहरुले सुझाव दिएका छन् ।

प्रकाशित : माघ १, २०७८ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?