कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

दोलखा प्रदेश १ मा कांग्रेसका काफ्ले विजयी

काठमाडौँ — प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत दोलखा प्रदेश १ मा नेपाली कांग्रेसका कुन्दनराज काफ्ले विजयी भएका छन् ।

दोलखा प्रदेश १ मा कांग्रेसका काफ्ले विजयी

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नरबहादुर श्रेष्ठलाई ८ हजार ४२ मतान्तरसहित काफ्ले विजयी बनेका हुन् । विजयी काफ्लेले २२ हजार ७९७ मत प्राप्त गरे । उनका निकटतम् प्रतिस्पर्धी श्रेष्ठ १४ हजार ७५५ मत पाएका छन् ।

दोलखाको प्रदेशसभा २ मा एमालेका भरतबहादुर केसी विजयी भइसकेका छन् ।

प्रतिनिधिसभातर्फको भने मतगणना जारी छ । जहाँ माओवादी केन्द्रका गंगा कार्की अगाडि देखिएका छन् । उनका निकटतम् प्रतिस्पर्धीमा एमालेका बालकृष्ण शिवाकोटी छन् ।

प्रकाशित : मंसिर १८, २०७९ २०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×