कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

बाजुरा- १ मा एकीकृत समाजवादीका शाही विजयी

अर्जुन शाह

धनगढी — बाजुरा प्रदेश निर्वाचन क्षेत्र नं १ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार नरेशकुुमार शाही विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार शाहीले एमाले उम्मेदवार बलदेव रेग्मीलाई २ हजार ३४१ मतले पछाडि पार्दै जित हासिल गरेका हुन् ।

बाजुरा- १ मा एकीकृत समाजवादीका शाही विजयी

शाहीले १० हजार ९७३ पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी निवर्तमान प्रदेश सांसदसमेत रहेका एमाले उम्मेदवार बलदेव रेग्मीले ८ हजार ६३२ मत पाए ।

उक्त क्षेत्र सत्तारुढ गठबन्धन अन्तर्गत माओवादी केन्द्रको भागमा परेको यस क्षेत्रमा केन्द्रले कर्णबहादुर विश्वकर्मालाई उम्मेदवार बनाएको थियो ।

अर्कोतिर एकीकृत समाजवादीले पनि बाजुराको यो क्षेत्र नछाड्ने भन्दै युवा संघका केन्द्रीय अध्यक्षसमेत रहेका शाहीलाई उम्मेदवार बनाएपछि दुुबै दलका उम्मेदवार मित्रवत प्रतिस्पर्धामा गएका थिए । कांग्रेसले एकीकृत समाजवादीका उम्मेदवार शाहीलाई समर्थन गरेपछि माओवादी केन्द्रका उम्मेदवार विश्वकर्मा भने निकै पछाडि परेका हुन् । विश्वकर्माले एक हजार ९८ मत पाएका छन् ।

बाजुरामा मतदानको क्रममा दलहरूबीच विवादपछि झडप हुँदा निर्वाचन प्रक्रिया नै रोकिएको थियो । बाजुरामा प्रतिनिधिसभाको निर्वाचन अन्तर्गत मतगणना भने जारी रहेको छ ।

प्रकाशित : मंसिर १७, २०७९ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×