कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाजुरामा सत्ता गठबन्धनका उम्मेदवारको अग्रता कायमै  

अर्जुन शाह

धनगढी — बाजुरामा जारी मतगणनामा शनिबार बिहानसम्म प्रतिनिधिसभा र प्रदेशसभातर्फ सत्ता गठबन्धनका उम्मेदावरहरूको अग्रता छ । प्रतिनिधिसभातर्फ कांग्रेस उम्मेदवार बद्री पाण्डे अग्रस्थानमा छन् ।

बाजुरामा सत्ता गठबन्धनका उम्मेदवारको अग्रता कायमै  

पाण्डेले ११ हजार ७६ मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार कर्णबहादुर थापाले ८ हजार ८५२ मत पाएका छन् । कांग्रेुका पाण्डे एमालेका थापाभन्दा २ हजार २२४ मतले अगासड छन् ।

प्रदेशसभातर्फ (१) मा एकीकृत समाजवादीका उम्मेदवार नरेश शाही अगासड छन् । शाहीले ५ हजार १३२ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमाले उम्मेदवार बलदेव रेग्मीले ३ हजार ९२८ मत छ ।

यस्तै प्रदेश सभा (२) तर्फ कांग्रेस उम्मेदवार पदमबहादुर शाहीको ९ हजार २२ मत पुग्दा एमाले उम्मेदवार लालबहादुर थापाको ७ हजार ४४७ मत छ ।

बाजुरामा कूल मतदात ८३ हजार ५६७ रहेकोमा प्रतिनिधिसभातर्फ ५९ हजार ७६५ मत खसेको छ । प्रदेश (१) मा २० हजार ९९४ र (२) मा २९ हजार १५८ मत खसेको छ ।

प्रकाशित : मंसिर १७, २०७९ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?