बाजुरामा रोकिएको मतगणना पुन: सुरु- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार

बाजुरामा रोकिएको मतगणना पुन: सुरु

अर्जुन शाह

धनगढी — बाजुरामा मत गणनाको क्रममा उत्पन्न विवाद सुल्झिएपछि मतगणना  पुन: सुरु गरिएको छ । यसअघि यहाँ मुुचुल्कामा रहेको भन्दा बढी मत पाइएपछि दलका प्रतिनिधिहरूबीच विवाद उत्पन्न भएको थियो ।


उम्मेदवार तथा दलका प्रतिनिधिहरूको समझदारीमा गणना पुन: सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभातर्फ हिमाली गाउँपालिका ६ धिममा मुचुल्काभन्दा ४० मत बढी भेटिएको एमालेको आरोप थियो भने प्रदेशसभा (२) तर्फ बुढीगंगा नगरपालिका ३ मतदान केन्द्रका पेटिकामा मुुचुुल्काभन्दा ९८ मत बढी पाइएको थियो दाबी कांग्रेस कार्यकर्ताहरूले गरेका थिए ।

चिर्वाचनमा खटिएका कर्मचारीले कम्प्युटरमा इन्ट्री गर्दा फरक पर्न गएको निष्कर्षमा समझदारी भएको हो ।

प्रकाशित : मंसिर १६, २०७९ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्

गुण नियन्त्रण कार्यालय काभ्रेका प्रमुख घिमिरे मृत फेला

ज्योति श्रेष्ठ

काभ्रे — खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका प्रमुख दीपेन्द्र घिमिरे मृत अवस्थामा फेला परेका छन् । कार्यालयका प्रमुख घिमिरे कार्यालयकै छतमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । 

शुक्रबार दिउँसो सवा १२ बजे कार्यालय भवनको चौथो तलामा झुन्डिएको अवस्थामा घिमिरेको शव फेला परेका प्रहरी निरीक्षक रजोश घिमिरेले जानकारी दिए ।

प्रहरी निरीक्षक घिमिरेका अनुसार मुचुल्का तयार भइरहेको र शवलाई पोस्टमार्टम लागि धुलिखेल अस्पताल लगिने तयारी भइरहेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रकाशित : मंसिर १६, २०७९ १५:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×