कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाजुरामा अझै सुल्झिएन मतगणना विवाद

दुुई ठाउँमा मुचुल्काभन्दा बढी मत भेटिएपछि विवाद कायमै
अर्जुन शाह

धनगढी — बिहीबार साँझदेखि सुरु भएको बाजुराको मतगणनाको क्रममा हालसम्म दुुई ठाउँका मतपेटिकामा मुचुल्काभन्दा बढी मत देखिएपछि उत्पन्न विवाद अझै सुल्झिएको छैन ।

बाजुरामा अझै सुल्झिएन मतगणना विवाद

प्रतिनिधिसभातर्फको गणनाका क्रममा हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रमा मुचुल्काभन्दा ४० मत बढी पाइएको थियो । त्यसलगत्तै प्रदेशसभा (२) तर्फ बुढीगंगा नगरपालिका ३ मा पनि मुुचुल्काभन्दा ९८ मत बढी भेटिएपछि विवाद उठेको छ ।

कांग्रेसको बाहुुल्य रहेको भनिने हिमाली ६ मा कुल मतदाता संख्या एक हजार ७२७ रहेको छ । त्यसमध्ये एक हजार ४५० मत खसेको मुुचुल्का छ । तर गणनाका क्रममा भने ४० मत बढी भेटिएपछि विवाद भएको हो ।

यस्तै, एमाले बाहुुल्य रहेको भनिने बुढीगंगा ३ मा कुल एक हजार ३३६ मतदाता रहेकोमा एक हजार ९० मत खसेको मुुचुल्का छ । पेटिकामा रहेका मत गणना गर्दा एक हजार १८८ मत भेटिएका हुन् । यद्यपि, विवाद समाधान गरेर गणना पुन: सुरु गर्ने प्रयास भइरहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख नवराज अवस्थीले बताए ।

प्रकाशित : मंसिर १६, २०७९ १४:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?