बाजुरामा मतगणना सुरु- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार

बाजुरामा मतगणना सुरु

अर्जुन शाह

धनगढी — बाजुरामा बिहीबार साँझदेखि मतगणना सुरु भएको छ । बिहान ११ बजेदेखि गणना गर्ने तयारी रहे पनि एमालेको असहमतिका कारण पटकपटक सर्वदलीय बैठक निष्कर्षमा पुुग्न सकेको थिएन । 

निर्वाचन आयोगले बुधबार बाजुरामा रोकिएको मतगणना गर्ने निर्णय गरेको थियो ।

बाजुरामा झडपका कारण रोकिएको मतगणना पुन: सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएपछि बुधबार अपराह्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले सहभागी भएको थिएन ।

एमालेले भने चेतन अयडीको हत्यामा संलग्नहरूलाई पक्राउ गर्नुपर्ने र आन्दोलनका क्रममा पक्राउ गरिएकालाई बिनासर्त रिहाइ नहुँदासम्म बैठकमा सहभागी नहुने भन्दै विरोध जनाएको थियो ।

प्रकाशित : मंसिर १५, २०७९ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्

राइकोटमा भीरबाट जिप खस्दा ९ जना घाइते

नारायण शर्मा

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीको महेन्द्रराजमार्गमा पर्ने दल्दले बजारबाट डेढगाउतर्फ जाँदै गरेको ००१ ज ०००६ नम्बरको जिप भीरबाट करिब डेढ सय मिटर तल खस्दा ९ जना घाइते भएका छन् ।

राइकोट भन्ने स्थान नजिक भीरबाट जिप खस्दा सबै घाइते भएका स्थानीय नोबल सिंह थापाले टेलिफोनमा जानकारी दिए ।उनीहरूमध्ये ३ जना सख्त घाइते रहेको जिल्ला प्रहरी कार्यालय कावासोतीले जनाएको छ ।

प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार ५ जनालाई उद्धार गरेर जिपमा भरतपुर पठाइएको छ । अन्य २ जनाको उद्धारकार्य जारी छ । घटनास्थलमा बुलिंटार, डेढगाउँ, रुद्रपुर र जिल्ला प्रहरी कार्यालयको उद्धार टोली पुगेको र अहिले उद्धार कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

दल्दलेवाट जादैगर्दा ५ जना रहेको र बिच बिचवाट चढेका समेत गरेर नौ जना पुगेको स्थानियको भनाई छ ।

घटनास्थल महेन्द्रराजमार्गको दल्दले बजारवाट करिब २८ किलोमिटर उत्तर पश्चिममा ( दुर्गम पहाडी भेगमा) पर्छ ।

प्रकाशित : मंसिर १५, २०७९ १९:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×