कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्याङ्जा-२ मा ९ बजेबाट मतगणना सुरू हुने

कास्की — स्याङ्जा-२ मा बुधबार राति ९ बजेबाट मतगणना सुरू हुने भएको छ । सर्वदलीय बैठकले अहिले ९ बजेबाट मतगणना गर्ने निर्णय गरेको निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिए । बुधबार साँझ बसेको सर्वदलिय वैठकमा मतगणना गर्ने सहमति जुटेपछि मतगणनाको लागि तयारी भइरहेको शर्माले बताएका छन् । उनका अनुसार वालिङ् नगरपालिकाको भवनमा मतगणना हुनेछ ।

स्याङ्जा-२ मा ९ बजेबाट मतगणना सुरू हुने

स्याङ्जा-२ चापाकोट नगरपालिकाका ४ वटा मतदान केन्द्रमा नेपाली कांग्रेसले बुथ कब्जा गरेको भन्दै नेकपा एमालेसहित अन्य राजनीतिक दलहरुले पुन: मतदानको माग गरेपछि गणना रोकिएको थियो ।

निर्वाचन आयोगले बुधबार नै स्याङ्जा-२ मा मतगणना सुरु गर्न निर्देशन दिएको थियो । बुथ कब्जा गरेर मृत्यु भएका र विदेशमा रहेका मतदाताको नाममा पनि मत खसालेको भन्दै सुरु भएको स्याङ्जा–२ को विवाद जिल्लास्तरबाट सुल्झन नसकेर आयोगमा आइपुगेको हो । स्याङ्जाको चापाकोट नगरपालिका–३ को दिसिङकोट आधारभूत विद्यालय, वडा ४ को राम मन्दिर मावि, वडा ५ का जनसक्रिय आधारभूत विद्यालय र दिनदलायु आधारभूत विद्यालयका सबै मतदात केन्द्रमा कांग्रेसका कार्यकर्ताले बुथ कब्जा गरेर फर्जी मत खसालेको एमालेको दाबी छ।

चापाकोट नगरपालिका–१ को भानु मावि आँधीचौघेरा, गल्याङ नगरपालिका–७ मनहरिखर्कको मतदान केन्द्र, कालीगण्डकी गाउँपालिकाको अमरदीप मावि र कोटाकोट आधारभूत विद्यालय केन्द्रमा एमालेले बुथ कब्जा गरेको कांग्रेसको आरोप छ।

प्रकाशित : मंसिर १४, २०७९ २०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?