कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सकियो पाँचथरको मतगणना, एमालेका नेम्वाङ ४६ मतले विजयी

लक्ष्मी गौतम

पाँचथर — प्रत्यक्षतर्फका मतपत्र समानुपातिकका पेटिकामा भेटिएपछि विवादित बन्दै आएको पाँचथर जिल्लाको मतगणना मंगलबार राति सकिएको छ । सार्वजनिक गरिएको अन्तिम मतपरिणाममा नेपाली कांग्रेसका भीष्मराज आङ्देम्बेलाई ४६ मत अन्तरले हराउँदै नेकपा एमालेका वसन्तकुमार नेम्वाङ विजयी भएका छन् ।

सकियो पाँचथरको मतगणना, एमालेका नेम्वाङ ४६ मतले विजयी

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार नेम्वाङले ३२ हजार १ सय ३५ मत प्राप्त गर्दा आङ्देम्बेलाई ३२ हजार ८९ मत प्राप्त भएको छ । मंसिर ९ गते बिहान प्रत्यक्षतर्पmको मतगणना सक्दा नेम्वाङको मत ३२ हजार १ सय १० र आङ्देम्बेको ३२ हजार ६३ थियो ।

नेम्वाङले विजय उत्सव मनाइसकेपछि समानुपानितकका मतपेटिकामा प्रत्यक्षतर्फकै मतपत्र भेटिन थालेपछि विवाद हुँदा मत गणना प्रभावित हुँदै आएको थियो । समानुपातिकतर्फको गणना सक्दा ती पेटिकामा भेटिएका मतपत्रसमेत जोडेर मुख्य निर्वाचन अधिकृतको कार्यालयले अन्तिम परिणाम सार्वजनिक गर्दै मंगलबार राति नेम्वाङलाई प्रमाण पत्र दिएको छ ।

पूर्वभौतिक पूर्वाधार तथा योजना मन्त्री रहेका नेम्वाङ यसअघि पाँचथरबाट २०४८,२०५६ र २०७४ सालमा पनि प्रतिनिधिसभा सदस्य चुनिएका थिए । यो उनको चौथो जित हो ।

प्रकाशित : मंसिर १४, २०७९ ०६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?