रास्वपालाई समानुपातिकतर्फ १० लाख मत- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार

रास्वपालाई समानुपातिकतर्फ १० लाख मत

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ आइतबार बेलुकी पौने ७ बजेसम्म १० लाखभन्दा बढी मत ल्याएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ गणनाभएको ८९ लाख ६२ हजार ५ सय ८६ मतगणनामा रास्वपाले १० लाख ११ हजार ३७५ मत प्राप्त गरेको हो ।

जारी मतगणनामा नेकपा (एमाले) २४ लाख ४९ हजार २१४ मत प्राप्त गरी पहिलो स्थानमा छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २३ लाख ३२ हजार २८३ मत प्राप्त गरेको छ । माओवादी केन्द्र १० लाख २४ हजार ८५० मतसहित तेस्रो स्थानमा छ ।

पाँचौं स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ३१ हजार ५४४, छैटौं स्थानमा रहेको जनता समाजवादी पार्टीले ३ लाख ३ हजार ९७६ र सातौँ स्थानमा रहेको नेकपा (एकीकृत समाजवादी)ले २ लाख ४० हजार ९१ मत प्राप्त गरेको छ ।

यस्तै जनमत पार्टीले २ लाख ३७ हजार ६१७, नागरिक उन्मुक्ति पार्टीले २ लाख २९ हजार ९७५, लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख २२ हजार ९७५, नेपाल मजदुर किसान पार्टीले ७२ हजार २९८, हाम्रो नेपाली पार्टीले ५१ हजार ९९४, मंगोल नेशनल अर्गनाइजेशनले ४४ हजार ५०१ र राष्ट्रिय जनमोर्चाले ४४ हजार ४२१ मत प्राप्त गरेको छ ।

समानुपातिक निर्वाचन प्रणालीमा सहभागी भएका कूल ४७ राजनीतिक दलमध्ये अन्तिम स्थानमा रहेको नेश्नलिष्ट पिपल्स पार्टीले एक हजार ५८३ मत प्राप्त गरेको छ ।



पूर्ण विवरणका लागि https://result.election.gov.np/PRVoteChartResult.aspx

प्रकाशित : मंसिर ११, २०७९ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्

एमाले अध्यक्ष ओली र कांग्रेस नेता सिंहबीच भेटवार्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आउनेक्रम रहेकोमा कांग्रेस नेता सिंह ओली निवास बालकोट पुगेका थिए ।

भेटमा दुवै नेताले एकअर्कालाई बधाई ज्ञापन गरेको र समसामयिक राजनीतिक विषयहरू छलफल गरेका छन् ।

ओली झापा–५ बाट छैटौँ पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् भने सिंह काठमाडौं–१ बाट चौथोपटक निर्वाचित भएका छन् ।

पार्टीमा संसदीय दलको नेतामा प्रतिस्पर्धाको तयारी गर्ने बताइरहेका नेता सिंहले चुनावी परिणाम आइनसक्दै एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका छन् ।

नेता सिंहका स्वकीय सचिव युपी लामिछानेले नियमित भेटघाट भएको बताए । ‘पहिले पनि भेट हुन्थ्यो, अहिले भर्खरै चुनाव जितेको, त्यसैले बधाई आदान प्रदान गर्ने गरी भेट भएको हो,’ उनले भने ।

प्रकाशित : मंसिर ११, २०७९ १८:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×