कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बैतडीमा समानुपातिकतर्फ एमाले पहिलो

तृप्ति शाही

बैतडी — बैतडीमा प्रतिनिधिसभा समानुपातिकतर्फ एमाले पहिलो भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेले सबैभन्दा बढी २९ हजार ४० मत प्राप्त गरेको हो । यस्तै नेपाली कांग्रेसले २४ हजार ५ सय र नेकपा माओवादी केन्द्रले ११ हजार ४० मत प्राप्त गरेको छ । 

बैतडीमा समानुपातिकतर्फ एमाले पहिलो

राप्रपाले १ हजार ९८८ मत प्राप्त गर्दा एकीकृत समाजवादीले १ हजार ४ सय मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधिसभा समानुपातिकतर्फ ७७ हजार ७७६१ मत खसेकोमा ५ हजार ४२१ मत बदर भएको छन्।

यस्तै, प्रदेशसभा समानुपातिकतर्फ पनि एमालेले नै बढी मत प्राप्त गरे‍को छ । प्रदेशसभा सदस्य समानुपातिकतर्फ एमालेले ३० हजार ८७९ मत प्राप्त गरेको छ । यस्तै नेपाली कांग्रेसले २१ हजार ६१९ मत प्राप्त गरेको छ ।

नेकपा माओवादी केन्द्र १३ हजार १०२ मत प्राप्त गरेर तेस्रो भएको छ । यस्तै राप्रपाले २ हजार ११२ र एकीकृत समाजवादीले १ हजार ८४५ मत प्राप्त गरेको छ । प्रदेशसभा सदस्य समानुपातिकतर्फ ७७ हजार ४२३ मत खसेकोमा ५ हजार ५५ मत बदर भएको छ ।


प्रकाशित : मंसिर ११, २०७९ १७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?