सुनसरी- ३ (१) मा एमालेका कार्की विजयी- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुनसरी- ३ (१) मा एमालेका कार्की विजयी

सुम्निमा चाम्लिङ

इटहरी — सुनसरी क्षेत्र नं ३ अन्तर्गतको प्रदेशसभा (१) मा नेकपा एमालेका रोहित कार्की विजयी भएका छन् । उनले निकटतम प्रतिद्धन्द्धी सत्तारुढ गठबन्धनका उम्मेदवार नेकपा माओवादीकी सरस्वती पोखरेललाई पराजित गर्दै विजयी भएका हुन् ।

कार्कीले १८ हजार ६ सय ४१ मत प्राप्त गरेका छन् भने पोखरेलले ९ हजार ४ सय ९८ मत प्राप्त गरेकी थिइन् ।

कार्कीले प्रदेश १ की सभामुख समेत रहेकी पोखरेललाई फराकिलो मत अन्तरले पराजित गर्दै विजयी भएका हुन् । कार्की नेकपा एमाले प्रदेश कमिटी सदस्य हुन् ।

सुनसरी निर्वाचन क्षेत्र नं ३ को प्रदेश (१) मा १ लाख २५ हजार ४ सय ३२ मतदाता मध्ये ४३ हजार ३ सय १९ मत खसेको थियो । सुनसरीमा कुल ५ लाख ४४ हजार ९ सय ४१ मतदाता रहेका छन् ।

प्रकाशित : मंसिर १०, २०७९ १९:५९
प्रतिक्रिया
पठाउनुहोस्

धाँधली भएको आरोपमा सञ्‍चारमन्त्री कार्कीको क्षेत्रमा मतगणना स्थगित

सुम्निमा चाम्लिङ

(इटहरी) — सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका प्रतिनिधिले मत गणना स्थगित गराएका छन् ।

शुक्रबार राति निर्वाचन कार्यालयले एमालेको पक्षमा ६ सय ६ मत इन्ट्री गरिदिएको दाबी गर्दै कांग्रेसका प्रतिनिधिले मत गणना रोकेका हुन् ।

उनीहरुले शनिबार दिउँसो २ बजेदेखि मत गणना रोक्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन् ।

मतगणनाको विषयमा अहिले सर्वदलीय बैठक बसिरहेको छ ।

यो क्षेत्रमा मन्त्री कार्की र एमालेका नेता जगदिश कुसियैतबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । 0

प्रतिनिधिसभातर्फ दिउँसो २ बजेको नतिजा अनुसार कार्कीले २१ हजार ४ सय ४५ मत प्राप्त गर्दा कुसियैतले २१ हजार ४ सय ३३ मत प्राप्त गरेका छन् । कार्की १२ मतले अगाडि रहेका छन् । सुनसरी ४ मा ३२ वटा वडामध्ये २२ वटा वडाको मतगणना भइसकेको छ ।


प्रकाशित : मंसिर १०, २०७९ १८:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×