कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाजुरामा उच्च सुरक्षाबीच मतदान

अर्जुन शाह

धनगढी — गत आइतबार स्थागित भएको बाजुराको बुुढीनन्दा नगरपालिका ५ स्थित नन्देश्वरी मावि पीपलचौरमा गरिएको मतदान आज (शनिबार) पुन: सञ्चालन गरिएको छ ।

बाजुरामा उच्च सुरक्षाबीच मतदान

निर्वाचन कार्यालयका अनुसार शनिबार मतदान शान्तिपूर्ण ढंगले भइरहेको छ । नेपाली सेना, सशस्त्र र जनपथ प्रहरीको बाक्लो उपस्थितिमा उच्च सुरक्षाबीच भएको मतदानमा दिउँसोसम्म ५ सय ६५ मते खसेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यहाँको मतदाता संख्या ९ सय ९९ रहेको छ ।

मतगणनाबारे भने अन्योल कायम छ । जिल्लाका २४ मतदान केन्द्रमा निष्पक्ष तथा स्वतन्त्र मतदान नभएको कांग्रेस र एमालेको आरोप छ ।

कांग्रेसले ८ र एमालेले १६ मतदान केन्द्रमा पुन: मतदानको माग गर्दै निर्वाचन आयोगमा उजुरी गरेका छन् । घटनाको वस्तुस्थिति बुझ्न निर्वाचन आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय टोली शुक्रबार बाजुरा आएर सरोकारवालासँग बुझिरहेको छ ।

बाजुराको त्रिवेणी नगरपालिका ७ मा गत आइतबार मतदानको क्रममा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा एक जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।

प्रकाशित : मंसिर १०, २०७९ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?