कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

मुगुमा कांग्रेसका ऐनबहादुर शाही विजयी

राजबहादुर शाही

मुगु — हिमाली जिल्ला मुगुमा प्रतिनिधिसभा सदस्यमा गठबन्धनतर्फका साझा उम्मेदवार नेपाली कांग्रेसका ऐनबहादुर शाही फराकिलो मतान्तरले विजयी भएका छन् । 

मुगुमा कांग्रेसका ऐनबहादुर शाही विजयी

उनले ३ हजार ९ सय ९४ मतले एमालेका राजबहादुर कार्कीलाई पछि पार्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । शाही १४ हजार ७ सय २ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कार्कीले १० हजार ७ सय ८ मत प्राप्त गरेका छन् ।

मुगुमा मतदाता संख्या ३५ हजार ४ सय ८५ मध्ये २६ हजार ६ सय १५ मत खसेको थियो । गत असोजमा भएको नेपाली कांग्रेसको ९ औ‍ं जिल्ला अधिवेशनबाट शाही पार्टी सभापति पदमा निर्वाचित भएका थिए ।

प्रकाशित : मंसिर १०, २०७९ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?