कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाजुरामा उच्च सुरक्षाबीच पुनः मतदान सुरु 

अर्जुन शाह

धनगढी — मतदानका क्रममा भएको विवादका कारण मंसिर ४ मा स्थगित बाजुराको बुढीनन्दा नगरपालिका ५ को नन्देश्वरी माध्यमिक विद्यालय पिपलचौर मतदान केन्द्रमा उच्च सुरक्षाबीच मतदान सुरु भएको छ । शनिबार बिहान ७ बजेदेखि मतदान सुरु भएको हो ।

बाजुरामा उच्च सुरक्षाबीच पुनः मतदान सुरु 

मतदान केन्द्रमा विगतमा भएको विवाद र झडपलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । पुनः मतदानका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक (एसपी) हरूको नेतृत्वमा सुरक्षाकर्मी खटाइएको छ ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख नवराज अवस्थीका अनुसार निर्धारित समयमै मतदान सुरु भएको उक्त केन्द्रमा ९ सय ९९ मतदाता रहेका छन् । मंसिर ४ गतेआइतबारको दिन झडपका घटना भएपनि मतदान स्थगित भएको थियो ।

बाजुराकै अन्य २४ मतदान केन्द्रमा पनि पुनः मतदानको माग गर्दै कांग्रेस र एमाललेले निर्वाचन आयोगमा उजुरी दिएका छन् । घटना अध्ययन गर्न निर्वाचन आयोगले सहसचिव तुलसीबहादुर श्रेष्ठको नेतृत्वमा पठाएको तीन सदस्यीय टोली शुक्रबारदेखि बाजुरामा छ र सरोकारवालाहरूसँग छलफल गरिरहेको छ ।


प्रकाशित : मंसिर १०, २०७९ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?