कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

काभ्रे–१ मा माओवादीका सूर्यमान दोङ निर्वाचित

ज्योति श्रेष्ठ

काभ्रे — काभ्रेको प्रतिनिधिसभा क्षेत्र नं १ मा माओवादी केन्द्रका उम्मेदवार सूर्यमान दोङ निर्वाचित भएका छन् । ३ हजार ९२८ को फराकिलो मतान्तरले दोङ निर्वाचित भएका हुन् ।

काभ्रे–१ मा माओवादीका सूर्यमान दोङ निर्वाचित

माओवादी केन्द्रका दोङले ३४ हजार ५१२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रेशम लामाले ३० हजार ९२८ मत प्राप्त गरेका छन् । क्षेत्र नं १ मा रेशमपछि राष्ट्रिय स्वतन्त्र पार्टिका उम्मेदवार बासुनारायण श्रेष्ठ तेस्रो स्थानमा छन् । उनले ८ हजार ६९६ मत पाएका छन् ।

यसअघि २०६४ मा भएको संविधानसभा सदस्य निर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका दोङ उर्जा राज्यमन्त्री समेत बनेका थिए । काभ्रेको क्षेत्र नं १ मा मतगणना सम्पन्न भई मतपरिणाम सार्वजनिक भएसँगै काभ्रेका दुई प्रतिनिधि र चार प्रदेश निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको मतगणना कार्य सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

काभ्रेको प्रतिनिधिसभा क्षेत्र नं २ मा नेकपा एमालेबाट गोकुलप्रसाद बाँस्कोटा विजयी भएका छन् भने चार वटै प्रदेशसभामा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।

प्रकाशित : मंसिर १०, २०७९ ०५:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×