कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जुम्लामा एमाले : प्रत्यक्षमा तेस्रो, समानुपातिकमा पहिलो 

डीबी बुढा

जुम्ला — जुम्लामा मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षमा तेस्रो स्थानमा रहेको नेकपा एमाले समानुपातिकतर्फ भने पहिलो पार्टी बनेको छ । प्रत्यक्षमा नेकपा एमालेबाट उम्मेदवार बनेका रतननाथ योगीले ६ हजार ५ सय २८ मत मात्र प्राप्त गरे ।

जुम्लामा एमाले : प्रत्यक्षमा तेस्रो, समानुपातिकमा पहिलो 

तर समानुपातिकमा नेकपा एमालेले १० हजार ५ सय ४८ मत पाएको छ । यो मतपरिणाम हेर्दा प्रत्यक्षभन्दा समानुपातिकमा ४ हजार बढी मत एमालेको आएको छ । प्रदेशमा भने दोस्रो स्थानमा छ । कांग्रेसले प्रदेशमा ९ हजार ३ सय ४६ मत ल्याएर पहिलो स्थान ओगटेकोमा एमालेले ९ हजार २ सय ९४ मत ल्याएको हो ।

नेकपा एमालेका जिल्ला सचिव धनकृष्ण पाण्डे व्यक्तित्व हेरेर पनि मत बढेको हुन सक्ने बताए । उनले भने, ‘चारवटा मतपत्र थिए । मतदाता अलमलिए होलान् । जसले गर्दा प्रत्यक्षमा कम मत आयो । समानुपातिकमा बढी आउन पुग्यो ।’ प्रत्यक्षमा योगीलाई पनि पार्टीले अब्बल नै ठानेर छनोट गरेको बताए । ‘पार्टीले अब्बल ठान्यो, जनताले पत्याएनन् त के गरौं’ उनले भने । प्रत्यक्षमा एमाले चौथो हुनुमा सिंजा क्षेत्रबाट ज्ञानबहादुरको उम्मेदवारीले पनि प्रभाव पारेको देखिन्छ । सिंजा क्षेत्रमा सिंजा, हिमा, कनकासुन्दरी र तिला गाउँपालिका पर्छन् ।

सिंजाले ज्ञानबहादुर शाहीलाई प्रत्यक्षतर्फ मतदान गरेकोले एमालेको कम आएको ठहर छ । युवा अगुवा रामसिंह रावल समानुपातिक उम्मेदवारका आधारमा पनि मत परिणाम बढेको हुन सक्ने बताउँछन् । उनले भने, ‘हरेक पार्टीभित्र राम्रा नराम्रा नेताहरु अवश्य हुन्छन् । जसका आधारमा मतदाताले पनि मूल्यांकन गरेर बसेका हुन्छन् । मतदाता अनुकुलको उम्मेदवार समानुपातिकभित्र परेपछि मत बढी गएको हुन सक्छ ।’

तर नेकपा एमालेभित्र प्रत्यक्षभन्दा समानुपातिक मत धेरै ठूलो अन्तरमा देखिएपछि तीब्र असन्तुष्टि देखिन्छ । नेकपा एमाले चन्दननाथ नगर कमिटीका अध्यक्ष धर्मेन्द्र रोकायाले सामाजिक सञ्जाल फेसबुकमा नेकपा एमालेको सबै संरचना पुनर्गठन हुनुपर्ने भनाइ राखेका छन् ।

समानुपातिकमा कांग्रेसबाट कान्तिका सेजुवाल, नेकपा एमालेबाट मेनका पछाईं र नेकपा माओवादी केन्द्रबाट छिरिङ लामा बन्दसूचीमा परेका छन् । ‘एमालेमा तीब्र अन्तर्घात छ । जहॉ एमालेको गढ मानिन्छ त्यही मत कम देखन्छ,’ गिरीले भने, ‘जुम्ला क्षेत्रमा एमाले अघि हुन्छ भन्यो त्यही स्थानमै तेस्रोमा देखिन्छ । यो अन्तर्घात नभएर के हुन सक्छ ।’ निर्वाचनको समीक्षाका लागि एमालेले मंसिर १२ गते समीक्षा बैठक तोकेको छ ।

प्रकाशित : मंसिर ९, २०७९ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?