कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

कैलाली-२ मा नागरिक उन्मुक्तिका अरुणकुमार चौधरी निर्वाचित

कैलाली — कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी निर्वाचित भएका छन् । चौधरीले नेकपा एमालेका झपटबहादुर रावललाई ५ हजार ७४३ मतान्तरले पराजित गरेका छन् ।

कैलाली-२ मा नागरिक उन्मुक्तिका अरुणकुमार चौधरी निर्वाचित

चौधरीले २१ हजार ८७१ मत ल्याएका छन् भने एमालेका रावलले १६ हजार १२८ मत ल्याएका छन् । नेकपा माओवादी केन्द्रका भगतबहादुर बढुवालले १५ हजार ११६, राष्ट्रिय प्रजातन्त्र पार्टीका भरत सिहं वि.सि.(बुढाक्षेत्री)ले २ हजार ७८४, नेपाल मजदुर किसान पार्टीका रमेशकुमार रावलले ३१५ मत पाएका छन् ।

प्रकाशित : मंसिर ९, २०७९ १४:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×