कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

सुनसरी २ (१) मा एमालेका भण्डारी विजयी

प्रदिप मेयाङबो

सुनसरी — सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २(१) मा प्रदेशसभा सदस्यमा नेकपा (एमाले)का रेवतिरमण भण्डारी विजयी भएका छन् । विजयी भण्डारीले १४ हजार ५ सय ३८ मत ल्याएका छन् ।

सुनसरी २ (१) मा एमालेका भण्डारी विजयी

उनले निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट संयूक्त उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र)का द्वारिकलाल चौधरीलाई २ हजार ६ सय ८० मतान्तरले पराजित गरेका हुन् ।

पराजित चौधरीले ११ हजार ८ सय ४५ मत ल्याए । त्यस्तै, तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मोहनबहादुर खत्रीले ९ हजार ३ सय २२ र चौथो स्वतन्त्र उम्मेदवार दीपेन्द्र घिमिरेले ३ हजार २ सय ८ मत पाए ।

प्रकाशित : मंसिर ९, २०७९ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?