गुल्मी- १ मा एमाले उपमहासचिव ज्ञवालीलाई हराउँदै कांग्रेस नेता भण्डारी विजयी

गगनशिला खड्का

गुल्मी — गुल्मी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेस नेता चन्द्र भण्डारी विजयी भएका छन् । उनले एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई हराउँदै गुल्मी- १ मा जित हात पारेका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसका उम्मेदवार चन्द्र भण्डारीले ३३ हजार ७ सय ४४ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार ज्ञवालीले ३२ हजार १ सय ५२ मत प्राप्त गरेका छन् । उनीहरूबीचको मतान्तर १ हजार ५ सय ९२ रहेको छ ।

एमाले उपमहासचिव ज्ञवालीले सामाजिक सञ्जालमार्फत हार स्वीकारिसकेका छन् । उनले लेखेका छन्, 'अथक प्रयाशका बाबजुद हाम्रो अभियान सफल हुन सकेन । तपाईंहरूको विश्वासलाई मत परिणाममा बदल्न नसकेकोमा क्षमा चाहन्छु । प्रतिकूल परिणामको जिम्मेवारी म मेरै काँधमा लिन्छु । कहाँ कमीहरु रहन गए, समयक्रममा समीक्षा हुने नै छ । '

यसअघि २०७४ सालको निर्वाचनमा गुल्मी-१ मा भण्डारी ज्ञवालीसँगै झन्डै ७ हजार मतले पराजित भएका थिए ।

प्रकाशित : मंसिर ९, २०७९ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्

सुनसरी १(१) : एमालेका रमेश बस्‍नेत निर्वाचित

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रदेशसभा तर्फ सनुसरी क्षेत्र नम्बर १(१)मा एमालेका रमेश बस्नेत निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट उठेका कांग्रेसका उमेश थापालाई १३ सय ९७ मतले पराजित गर्दै बस्नेत निर्वाचित भएका हुन् ।

उनले ११ हजार १ सय २ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी थापाले ९ हजार ७ सय ५२ मत ल्याएका थिए ।


प्रकाशित : मंसिर ९, २०७९ १२:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×