कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमालेका कास्की जिल्ला अध्यक्ष गुरुङ विजयी, कांग्रेस जिल्ला सभापति पराजित

लालप्रसाद शर्मा

पोखरा — कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट एमालेका जिल्ला अध्यक्ष मनबहादुर गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराललाई पराजित गरेका हुन् ।

एमालेका कास्की जिल्ला अध्यक्ष गुरुङ विजयी, कांग्रेस जिल्ला सभापति पराजित

शुक्रबार बिहान सम्पन्न मतगणनामा एमालेका गुरुङ २५ हजार ७ सय ८ मत ल्याएर निर्वाचित भएका हुन् । कांग्रेस जिल्ला सभापति बरालले २३ हजार १ सय ८९ मत पाएका थिए ।

२०४३ सालदेखि कम्युनिस्ट पार्टीको विद्यार्थी संगठनमा लागेर राजनीतिमा सक्रिय भएका गुरुङले २०५२ सालमा एमाले पार्टीको सदस्य लिएका थिए । उनी गाउँ कमिटी, इलाका कमिटी सदस्य, जिल्ला पार्टी उपाध्यक्ष हुँदै अहिले पार्टीको जिल्ला अध्यक्ष छन् । उनी एमाले निकट आदिवासी जनजाति जिल्ला समन्वय समितिको उपाध्यक्ष पनि भइसकेका थिए । २०५४ मा साविक पार्चे गाविस अध्यक्ष निर्वाचित भएका उनी २०७४ मा प्रत्यक्षबाट प्रदेश सांसद चुनिएका थिए ।

कांग्रेसका बराल अन्तर्घातका कारण पराजित हुन पुगेको कांग्रेसी वृत्तमा चर्चा सुरु भएको छ । आक्रोशित कांग्रेस कार्यकर्ताले एमालेसँग मिलेर आफ्नै पार्टीका उम्मेदवार हराउन भूमिका खेलेको भन्दै बिहीबार साँझ पार्टीका पूर्वजिल्ला सभापति कृष्ण केसीको घर घेराउ गर्दै नाराबाजीसमेत गरेका थिए ।

प्रकाशित : मंसिर ९, २०७९ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?