कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

पाँचथरमा ४७ मत अन्तरले एमालेका वसन्तकुमार नेम्वाङ निर्वाचित

लक्ष्मी गौतम

पाँचथर — पाँचथरबाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा एमालेका वसन्तकुमार नेम्वाङ निर्वाचित भएका छन् । नेपाली कांग्रेसका भिष्मराज आङदेम्वेलाई पराजित गर्दै नेम्वाङ निर्वाचित भएका हुन् । नेम्वाङले आङदेम्वेलाई ४७ मत अन्तरले पराजित गरेका छन् ।

पाँचथरमा ४७ मत अन्तरले एमालेका वसन्तकुमार नेम्वाङ निर्वाचित

नेम्वाङले ३२ हजार १ सय १० मत प्राप्त गर्दा आङदेम्वेलाई ३२ हजार ६३ मत प्राप्त भएको छ ।

नेम्वाङ यसअिघ पाँचथर जिल्लाबाट २०४८,२०५६ र २०७४ सालमा पनि प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

उनी २०७४ सालमा पनि आङदेम्वेलाई हराउँदै प्रतिनिधिसभा सदस्य वनेका थिए । २०१८ साल चैत ८ गते पाँचथरको फिदिममा जन्मिएका उनी पछिल्लो पटक २०७६ सालमा करिब १८ महिना भौतिक पूर्वाधार तथा यातायातमन्त्री समेत बनेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली निकट नेम्वाङ २०३६ सालमा नेपाल ल क्याम्पसबाट विद्यार्थी राजतिति मार्फत राजनितिमा प्रवेश गरेका हुन् ।


प्रकाशित : मंसिर ९, २०७९ ०३:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×