कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

कालीकोटमा माओवादी केन्द्रका शाहीको अग्रता कायमै

काठमाडौँ — एउटा मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको कालीकोटमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार महेन्द्रबहादुर शाहीले अग्रता कायमै राखेका छन् । शाहीले नेकपा (एमाले) का उम्मेदवार नगेन्द्र शाहीलाई तीन हजार पाँच सय ४७ मतले पछाडी पारेका छन् ।

कालीकोटमा माओवादी केन्द्रका शाहीको अग्रता कायमै

मुख्य निर्वाचन कार्यालयका अनुसार महेन्द्रबहादुरले १५ हजार ८२ मत प्राप्त गरेका छन् भने एमालेका नगेन्द्रले ११ हजार पाँच सय ३५ मत प्राप्त गरेका छन् । कालीकोटमा ४६ हजार छ सय ६९ मत खसेको थियो । हालसम्म ३१ हजार छ सय ८७ मत गणना सकिएको छ ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका धनबहादुर बुढाले एक हजार एक सय ८८, नेमकिपाका खड्गराज शाहीले नौ सय ९३, नेपाली कांग्रेस (बीपी) का पङ्खबहादुर विष्टले ४५, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार काशीचन्द्र बरालले पाँच सय २१ र स्वतन्त्र उम्मेदवार धनप्रसाद पाण्डेले ५३ मत पाएको मुख्य निर्वाचन अधिकृत भरत लम्सालले जानकारी दिए ।

गणना भएकामध्ये एक हजार तीन सय २३ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित : मंसिर ९, २०७९ ०२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×