सर्लाही–२ को प्रदेश (१) मा कांग्रेसका राय विजयी

काठमाडौँ — सर्लाहीको क्षेत्र नं २ प्रदेशसभा (१) मा नेपाली कांग्रेसका जंगीलाल राय प्रदेशसभा सदस्यमा विजयी भएका छन् । उनले नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सुनिल साहलाई पराजित गरेका हुन् ।

सर्लाही–२ को प्रदेश (१) मा कांग्रेसका राय विजयी

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार रायले आठ हजार दुई सय ९० मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका साहले सात हजार दुई सय १४ मत पाए । रायले एक हजार ७६ मतान्तरले साहलाई पराजित गरेका हुन् ।

यस्तै, जनमत पार्टीका उम्मेदवार भरत चौधरीले छ हजार छ सय ४३ मत ल्याए । निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (२) तथा क्षेत्र नं २ र ३ को प्रतिनिधिसभा सदस्यतर्फको मतपरिणाम सार्वजनिक हुन बाँकी छ ।

प्रकाशित : मंसिर ९, २०७९ ०१:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?