कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

पश्चिम नवलपरासी-१ मा विनोद चौधरी निर्वाचित

नवीन पौडेल

परासी — पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार उद्योगपति विनोद चौधरी विजयी भएका छन् । उनले जनता प्रगतिशील पार्टीका संयोजक हृदयेश त्रिपाठीलाई ७ हजार १ सय ८७ मतले पराजित गरेका हुन् ।

पश्चिम नवलपरासी-१ मा विनोद चौधरी निर्वाचित

चौधरीले २९ हजार ४ सय ९५ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी त्रिपाठीले २२ हजार ३ सय ८ मत प्राप्त गरेका छन् । चौधरी कांग्रेस नेतृत्वको सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् भने त्रिपाठीलाई नेकपा एमाले र जनता समाजवादी पार्टीले समर्थन गरेको थियो ।

निर्वाचित भएपछि चौधरीले यस क्षेत्रको दिगो विकास, कृषि क्षेत्र र रोजगारीका लागि योजनबद्ध रुपमा काम गर्ने बताए । साथै आफूलाई विश्वास गरेर मतदान गर्ने मतदातालाई आभार व्यक्त गरेका छन् । यो क्षेत्रमा ८४ हजार २ सय २९ मत खसेको थियो ।

प्रकाशित : मंसिर ८, २०७९ २३:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?