कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाङ-३ मा कांग्रेसका दिपक गिरी विजयी

दुर्गालाल केसी

दाङ — दाङ-३ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरी ७ हजार ८ सय १० मतान्तरले निर्वाचित भएका छन् । उनले ३६ हजार ८ सय ४२ मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी उम्मेदवार कोमल वलीले २९ हजार ३२ मत प्राप्त गरेकी छिन् ।

दाङ-३ मा कांग्रेसका दिपक गिरी विजयी

राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले १५ हजार ३ सय मत प्राप्त गरेका छन् । यस क्षेत्रमा ९० हजार १ सय ५० मत खसेको थियो ।

गिरी यस क्षेत्रबाट २०७० मा संविधान सदस्य निर्वाचित भई सिँचाईमन्त्री भएका थिए । २०५१, २०६४ र २०७४ मा उनी पराजित भएका थिए ।

प्रकाशित : मंसिर ८, २०७९ २२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?