कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बर्दियामा सञ्जय गौतमको लगातार तेस्रो जित

कमल पन्थी

बर्दिया — बर्दिया निर्वाचन क्षेत्र नं २ मा सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार सञ्जय कुमार गौतम निर्वाचित भएका छन् ।संसदीय प्रतिस्पर्धामा गौतमको यो तेस्रो जित हो ।

बर्दियामा सञ्जय गौतमको लगातार तेस्रो जित

उनी ३० हजार ६ सय ११ मत ल्याउँदै निर्वाचित भएका हुन् । एमालेका लक्ष्मण राज ज्ञवालीलाई उनले ४ हजार ५ सय ६ मतान्तरले पराजित गरे । ज्ञवालीले भने २६ हजार ६ सय ९१ मत पाएका छन् ।

दास्रो संविधानसभा निर्वाचनमा पहिलो पटक गौतमले एमालेका पूर्ण शर्मालाई पराजय गरी सांसद बनेका थिए । ०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनी बर्दिया २ बाट तत्कालीन एमाले उपाध्यक्ष वामदेव गौतमलाई पराजित गरेर निर्वाचित भएका थिए ।

यसपटक पनि उनी क्षेत्र नम्बर २ मा गठबन्धनबाट उम्मेदवार भई निर्वाचित भएका हुन् । ०७४ सालको निर्वाचनमा गौतमले वामदेव गौतमलाई ७ सय ५३ मतले पराजय गरी राष्ट्रिय चर्चा पाएका थिए ।

प्रकाशित : मंसिर ८, २०७९ २१:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?