मोरङमा ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल निर्वाचित
काठमाडौँ — सत्ता गठबन्धन र एमाले-जसपा गठबन्धनका उम्मेदवारहरुलाई पराजित गर्दै मोरङ ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल निर्वाचित भएका छन् । एमालेले मण्डललाई टिकट नदिएर जसपासँग गठबन्धन गरेपछि उनी स्वतन्त्र रुपमा चुनावी मैदानमा उत्रिएका थिए ।
मण्डल २१ हजार ८ सय २० मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका शिवकुमार मण्डललाई ४ हजार ३३४ मतान्तरले उनले पराजित गरेका हुन् । पराजित शिवकुमारले १७ हजार ४८६ मत ल्याएका छन् ।
यस्तै, जनता समाजवादी पार्टीका उम्मेदवार राजकुमार यादवले १७ हजार ३ सय ९० मत ल्याए ।
प्रकाशित : मंसिर ८, २०७९ १९:१३प्रतिक्रिया