कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाँच वर्षमा देशबासीले गर्व गर्न लायक राजनीतिज्ञ बन्छु : तोसिमा कार्की 

काठमाडौँ — नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तोसिमा कार्कीले पाँच वर्षमा देशबासीले गर्व गर्न लायक राजनीतिज्ञ बन्ने बताएकी छन् । ललितपुर क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कार्कीले बिहीबार मुख्य निर्वाचन अधिकृतबाट निर्वाचित भएको प्रमाणपत्र बुझ्ने क्रममा संसदमा जनमुखी मुद्दाहरु उठाउने बताइन् ।

पाँच वर्षमा देशबासीले गर्व गर्न लायक राजनीतिज्ञ बन्छु : तोसिमा कार्की 

उनले आफूले मतदातासमक्ष राखेका प्रतिवद्धताहरु पूरा गरेपछि मात्रै विजय मनाउने भन्दै जितलाई जिम्मेवारीको रुपमा लिएको उल्लेख गरिन् । मतदाताहरुलाई आफूप्रति निरन्तर खबरदारी गरिरहन अनुरोध पनि गरिन् । ‘विजय तबमात्र स्थापित हुन्छ, जब मैले तपाईंसमक्ष राखेका वाचाहरु, प्रतिवद्धताहरुमा काम गरेर देखाउन सक्नेछु । त्यो दिन हामी विजय मनाउनेछौँ’ उनले भनिन् ‘निरन्तर मलाई खबरदारी गरिरहनु होला । सल्लाह, सुझाव दिइरहनुहोला । हामी मिलेर अब यो पाँच वर्षमा समृद्ध, स्वस्थ, सुखी देश निर्माण गर्न लाग्नेछौं ।’

सांसद कस्तो हुनुपर्छ र संसद भवनमा बहस कस्तो हुनुपर्छ भन्ने देखाउन आफ्नो भूमिका रहने उनले बताइन् । देशमा सुशासन र सुव्यवस्था स्थापित गर्न लागिपर्ने उनको भनाइ छ । उनले ललितपुरबासीले आफूमाथि गरेको आशालाई निराशामा परिणत हुन नदिने बताइन् ।


प्रकाशित : मंसिर ८, २०७९ १४:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?