कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

दाङ–१ (२) मा कांग्रेसका अनुराग खड्का निर्वाचित

दुर्गालाल केसी

दाङ — दाङ क्षेत्र नं. १ प्रदेशसभा २ बाट सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार अनुराग खड्का निर्वाचित भएका छन् ।

दाङ–१ (२) मा कांग्रेसका अनुराग खड्का निर्वाचित

उनले १६ हजार २ सय २२ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका कुल बहादुर केसीले १३ हजार १ सय ७० मत ल्याएका छन् । उनीहरूको मतान्तर ३ हजार ५२ रहेको छ ।

निर्वाचित खड्का कांग्रेस नेता स्व खुम बहादुर खड्काका छोरा हुन् । उनी पहिलोपटक प्रत्यक्ष निर्वाचनमा सहभागी भएका थिए । २८ वर्षीय खड्का जिल्लाका कान्छा प्रदेशसभा सदस्य हुन् । एमालेका केसी २०७४ मा एमालेबाट लमही नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।

प्रकाशित : मंसिर ८, २०७९ १४:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×