कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

दाङ-३ (२) मा माओवादी केन्द्रका धनबहादुर मास्की विजयी

दुर्गालाल केसी

दाङ — दाङ निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा २ मा गठबन्धनको तर्फका माओवादी केन्द्रका उम्मेदवार धनबहादुर मास्की २ हजार १ सय ६३ मतान्तरले विजयी भएका छन् । 

दाङ-३ (२) मा माओवादी केन्द्रका धनबहादुर मास्की विजयी

मास्कीले २२ हजार ३ सय २१ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका हुकुमबहादुर बस्नेतले २० हजार १ सय ५८ मत ल्याएका छन् । मास्की माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हुन् भने बस्नेत एमाले जिल्ला अध्यक्ष हुन् ।

दुवै जना पहिलोपटक संसदीय निर्वाचनमा सहभागी भएका थिए । यस क्षेत्रमा ७९ हजार ९ सय ८९ मतदाता रहेकोमा ४९ हजार ९ सय ५० मत खसेको थियो ।


प्रकाशित : मंसिर ८, २०७९ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×