कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सल्यान प्रदेशसभा २ बाट कांग्रेसका अधिकारी विजयी 

विप्लव महर्जन

काठमाडौँ — एक मात्र प्रतिनिधिसभा रहेको सल्यानको प्रदेशसभा २ मा नेपाली कांग्रेसका सुरेश अधिकारी विजयी भएका छन् ।गएराति सम्पन्न भएको मत गणनामा अधिकारीले २० हजार ४ सय ८ मत ल्याई विजयी भएका हुन् ।

सल्यान प्रदेशसभा २ बाट कांग्रेसका अधिकारी विजयी 

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उमेदवार गुलाजंग शाहले १६ हजार ६ सय १८ मत ल्याएका थिए । अधिकारीले शाहलाई ३ हजार ७ सय ९० मतले पछाडि पारे । दुई निर्वाचन क्षेत्र रहेको सल्यानमा प्रजातन्त्र आएपछि २०४८ र २०५१ को मध्यावधि निर्वाचनमा क्षेत्र नम्बर १ बाट कांग्रेसका राजेन्द्रबहादुर शाह र २ बाट छवि देवकोटाले जितेका थिए । त्यसपछि निरन्तर कांग्रेसले २०७४ सम्म पराजय ब्यहोरेको थियो । जिल्ला सभापति केशबहादुर बिष्टले यो पटक सल्यानको प्रदेशसभा २ मा कांग्रेसले एक्लै जित्न सक्ने सम्भावना भएपनि केन्द्रले गठबन्धन गरेपछि अझ सहज भएको बताए ।


प्रकाशित : मंसिर ८, २०७९ १४:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?