कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झापा-४ मा एमालेका साँवा निर्वाचित

अर्जुन राजवंशी

झापा — झापा क्षेत्र नं. ४ मा प्रतिनिधिसभा सदस्यमा एमालेका लालप्रसाद (एलपी) साँवा निर्वाचित भएका छन् । उनी गठबन्धनअन्तर्गत नेपाली कांग्रेसका देउकुमार थेवेलाई ६ हजार ८ सय ६७ मतान्तरले निर्वाचित भएका हुन् ।

झापा-४ मा एमालेका साँवा निर्वाचित

बिहीबार मध्यान्ह सार्वजनिक अन्तिम मतपरिणामअनुसार निर्वाचित सावाँले २९ हजार ३ सय १५ मत पाएका छन् । निकटतम् प्रतिस्पर्धी थेवेले २२ हजार ४ सय ४८ मत मात्र प्राप्त गरे ।

२०७४ को निर्वाचनमा पनि उक्त क्षेत्रबाट साँवा र थेवेबीच प्रतिस्पर्धा भएको थियो । त्यसबेला पनि साँवा थेवेलाई १६ हजार बढी मतान्तरले पराजित गर्दै पहिलो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रकाशित : मंसिर ८, २०७९ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?