कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

सोलुखुम्बुमा कांग्रेसका केसीलाई हराउँदै एमालेका मानवीर राई विजयी

काठमाडौँ — सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका मानवीर राई निर्वाचित भएका छन् । राईले नेपाली कांग्रेसका बलबहादुर केसीलाई २ हजार ७७९ मतान्तरले पराजित गरेका हुन् । राईले १९ हजार ३२४ मत ल्याउँदा कांग्रेसका केसीले १६ हजार ५४५ मत ल्याएका छन् । 

सोलुखुम्बुमा कांग्रेसका केसीलाई हराउँदै एमालेका मानवीर राई विजयी

जनता समाजवादी पार्टीका लाक्पा शेर्पाले ९०१, नेकपा मार्क्सवादी लेनिनवादीका विष्णुप्रसाद वास्तोलाले ४९० र राष्ट्रिय स्वतन्त्र पार्टीका ज्ञानेन्द्रबहादुर बस्नेतले २७९ मत पाएका छन् ।

केसी सोलुखुम्बुबाट ०४८ पछि निरन्तर चुनाव लड्दै आएका छन् । उनी यसपटक समेत गरी तेस्रो पटक पराजित भएका हुन् । पछिल्ला चुनावमा निरन्तर हार बेहोरेका केसीले यसपटक जितको अपेक्षा गरेका थिए । त्यहीकारण सत्ता गठबन्धनमा माओवादी केन्द्रले पाइसकेको सिट खोसेर केसीले टिकट लिएका थिए ।

प्रकाशित : मंसिर ८, २०७९ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×