कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अछाम २(१) मा माओवादी केन्द्रका रावल विजयी

मेनुका ढुंगाना

अछाम — अछाम निर्वाचन क्षेत्र नम्बर २(१) को प्रदेशसभा सदस्यतर्फ नेकपा माओवादी केन्द्रकको तर्फबाट सत्तारुढ गठबन्धनको उम्मेदवार अक्कलबहादुर रावल विजयी भएका छन् ।

अछाम २(१) मा माओवादी केन्द्रका रावल विजयी

निर्वाचन क्षेत्र -२ प्रदेश १ अन्तर्गत पर्ने तुर्माखाँद , कमलबजार पंचदेवल विनायकबाट २ हजार ७ सय ९५ मतान्तरले विजयी भएका हुन् । रावलले ११ हजार २ सय ३० मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार भीम बिष्टले ८ हजार ४ सय २३ मत प्राप्त गरे ।

विजयी भएका रावल २०७४ को प्रदेशसभा निर्वाचनमा तत्कालीन वाम गठबन्धनको साझा उम्मेदवार भएर विजयी भएका थिए । प्रदेशसभा सदस्यका लागि रावलको यो दोस्रो कार्यकाल हो ।

प्रकाशित : मंसिर ८, २०७९ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?