सोलुमा पूर्वमन्त्री बलबहादुर केसी २ हजार मतले पछि
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
सोलुखुम्बु — सोलुखुम्बु प्रतिनिधिसभातर्फ लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका बलबहादुर केसी २ हजार ६७ मतले पछि परेका छन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![सोलुमा पूर्वमन्त्री बलबहादुर केसी २ हजार मतले पछि](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2022/third-party/bal-bahadur-kc-manbir-rai-24112022045508-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा एमालेका मनबीर राईले १५ हजार ९ सय ५६ मत प्राप्त गरेका छन् भने कांग्रेसका केसीले १३ हजार ८८९ मत प्राप्त गरेका छन् । सुरुवातदेखि नै अग्रता कायम गरेका राईले पछिल्लो समय अग्रता बढाउँदै लगेका छन् भने केसी पछाडि पर्दै गएका छन् ।
जिल्लामा सातौं पटक चुनाव लडेका केसी र एमाले उम्मेदवार राईबीचको प्रतिस्पर्धालाई निकै रोचक मानिएको छ । अहिलेसम्म ३३ हजार २ सय ४४ मत गणना भइसक्दा एमालेले सुरुवाती अग्रतालाई कायम राखेको हो ।
अब ७ हजार १ सय ८९ मत गणना गर्न बाँकी रहेको छ । यस्तै जसपाका ल्हाक्पा शेर्पाले ६ सय ९२, नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी लेनिनवाद) का विष्णुप्रसाद बास्तोलाले ४ सय १३, राप्रपाका ज्ञानेन्द्रबहादुर बस्नेतले २ सय २१ मत प्राप्त गरेका छन् ।
नेमकिपाका तारानाथ कट्टेलले १ सय १८, मंगोल नेसनल अर्गनाइजेसनका सौबिर राईले ९१ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका लामु शेर्पाले २३ मत प्राप्त गरेको आयोगले जनाएको छ । दिउँसोसम्म सबै मतपरिणाम सार्वजनिक भइसक्ने बताइएको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)