कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुल्लु क्षेत्रमा २३ वर्षपछि कांग्रेसको पुनरागमन

ज्योति कटुवाल

सुर्खेत — कांग्रेसले दैलेखको निर्वाचनमा २३ वर्षपछि जितेको छ । दैलेखको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले २३ वर्षपछि निर्वाचन जितेको हो । बिहीबार बिहान सम्पन्न मतगणना अनुसार प्रतिनिधिसभामा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका दिक्पालकुमार शाही निर्वाचित भएका छन् ।

दुल्लु क्षेत्रमा २३ वर्षपछि कांग्रेसको पुनरागमन

शाहीले २० हजार १ सय ५८ मत ल्याएर निर्वाचित भएका छन् । शाहीका निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मीप्रसाद पोख्रेलले २० हजार ५ मत ल्याएका छन् । विजयी शाही २०७४ को निर्वाचनमा दैलेख प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ (२) मा एमालेका राजबहादुर शाहीसँग कर्णाली प्रदेशसभा सदस्यमा पराजित भएका थिए ।

पोखरेल २०७० को संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट सदस्य थिए ।

प्रकाशित : मंसिर ८, २०७९ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?