कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६७

कैलाली-४ (१) मा एकीकृत समाजवादीका सोडारी विजयी 

अर्जुन शाह

धनगढी — कैलाली निर्वाचन क्षेत्र नम्बर ४ (१) प्रदेशसभा निर्वाचन क्षेत्रमा एकीकृत समाजवादीका उम्मेदवार दीर्घबहादुर सोडारी विजयी भएका छन् । सोडारी निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार भीमबहादुर देउवालाई ४ हजार ५६ को फराकिलो मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

कैलाली-४ (१) मा एकीकृत समाजवादीका सोडारी विजयी 

सोडारीले १३४७९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी देउवाले ४९२३ मत पाएका छन् । सोडारी हाल सुदूरपश्चिम प्रदेश सरकारका भौतिक योजना तथा पूर्वाधारमन्त्री हुन् ।

एमाले उम्मेदवार देउवा गौरीगंगा नगरपालिकाका निवर्तमान मेयर हुन् ।

प्रकाशित : मंसिर ८, २०७९ ०५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×