कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२७

मकवानपुर-२ मा एमालेका महेश बर्तौला विजयी

सुवास विडारी

मकवानपुर — मकवानपुर-२ मा नेकपा एमालेको उम्मेदवार महेश बर्तौला विजयी भएका छन् ।

मकवानपुर-२ मा एमालेका महेश बर्तौला विजयी

सत्तारुढ गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादिका विरोध खतिवडालाई पराजित गर्दै बर्तौला विजयी भएका हुन् । बर्तौलाले निकट प्रतिस्पर्धी खतिवडालाई ४ हजार ५२० मतान्तरले पराजित गरेका हुन् । ८६ हजार ३ सय १ मत खसेकोमा बर्तौलाले ३४ हजार ९ सय १६ मत पाएर विजयी हुँदा खतिवडाले ३० हजार ३ सय ९६ मत पाए ।

बर्तौला निर्वाचित भएसँगै खतिवडाको अपराजित यात्रा टुंगिएको छ । यसअघि उनी लगातार ४ पटक निर्वाचित भएका थिए ।

प्रकाशित : मंसिर ८, २०७९ ०५:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?