२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

रौतहट ४ (१) प्रदेशसभामा माओवादीका भट्टराई विजयी  

शिव पुरी

रौतहट — रौतहटको क्षेत्रनम्बर ४ (१) का लागि प्रदेशसभा सदस्यमा नेकपा माओवादीका युवराज भट्टराई (समिर) विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अखलेश्वर चौधरीलाई ५ हजार ८७ मतान्तरले पराजित गरेका हुन् ।

रौतहट ४ (१) प्रदेशसभामा माओवादीका भट्टराई विजयी  

निर्वाचन कार्यालय चन्द्रनिगाहपुरका निर्वाचन अधिकृत गुणराज पराजुलीका अनुसार नेकपा माओवादीका भट्टराई १५ हजार ३ सय ६८ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी चौधरीले १० हजार २ सय ८१ मत ल्याए । यो क्षेत्र सत्तागठबन्धनको तर्फबाट नेकपा माओवादीको भागमा परे पनि एकीकृत समाजवादीका बालकृष्ण श्रेष्ठले पनि उम्मेदवारी दर्ता गराएका थिए ।

भट्टराई माओवादीका पोलिटब्यूरो सदस्य र रौतहट जिल्ला इन्चार्ज पनि हुन् । प्रतिनिधिसभाका लागि रौतहटमा रहेका ४ वटा क्षेत्रमध्ये अहिले ४(१)को मात्र नतिजा सार्वजनिक भएको छ । अन्यमा मतगणना जारी छ ।


प्रकाशित : मंसिर ७, २०७९ १८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?