बागलुङ-१ बाट जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित

बागलुङ — बागलुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित भएका छन् । 

बागलुङ-१ बाट जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित

केसीले नेकपा एमालेका सूर्यप्रसाद पाठकलाई २ हजार ६२६ मतान्तरले पराजित गरेका हुन् ।

केसीले २१ हजार ४५१ मत ल्याएका छन् भने एमालेका पाठकले १८ हजार ८२५ मत पाएका छन् ।

यहाँबाट ०७४ मा पाठक निर्वाचित भएका थिए । यसपटक बाग्लुङ १ मा ५४ हजार ७११ मत खसेको थियो ।

प्रकाशित : मंसिर ७, २०७९ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?