गुल्मीमा एमाले सचिव विष्टको तेस्रो जित - प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गुल्मीमा एमाले सचिव विष्टको तेस्रो जित 

गगनशिला खड्का

गुल्मी — प्रतिनिधिसभा सदस्य निर्वाचनमा गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्ट निर्वाचित भएका छन् । विष्टले नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीलाई २ हजार ३४ मतको अन्तरले पराजित गरेकी हुन् । 

निर्वाचन आयोगका अनुसार एमालेका उम्मेदवार विष्टले २८ हजार ४ सय ७६ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)की उम्मेदवार झाँक्रीले २६ हजार ४ सय ४२ मत प्राप्त गरेकी थिइन् ।

प्रकाशित : मंसिर ७, २०७९ १२:५८
प्रतिक्रिया
पठाउनुहोस्

गुल्मीमा जिप दुर्घटना, ४ को मृत्यु, ५ जना घाइते

गगनशिला खड्का

गुल्मी — गुल्मीको सत्यवतीमा जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । सत्यवती गाउँपालिका– ३, ठूलोलुम्पेकबाट कुढडाँडा जाँदै गरेको लु ३ च ५३४० नम्बरको जिप बुधबार बिहान कुढडाडाँमा दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको र ५ जना घाइते प्रहरीले जनाएको छ ।

राति करिब बुधबार बिहान २ बजे भएको दुर्घटनामा परी मृत्यु हुनेहरुमा सत्यवती– ३ का जिप धनी ५१ वर्षका झलक सोमै, ५५ वर्षका टीका राहादी, ४७ वर्षका रनबहादुर सिजापति, २५ वर्षका मिलन तरामोको रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब निरीक्षक कृष्णप्रसाद आचार्यले बताए।

घाइते हुनेहरुमा सत्यवती– ३ का ३३ वर्षका कार्बाेलिन सोमै, ४३ वर्षकी जमुना सोमै, ३२ वर्षका चेतमान सिञ्जाली, ४९ वर्षका गिरबहादुर राहादी र खण्डन सोमै रहेको आचार्यले बताए ।

घाइते ५ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको सत्यवती गाउँपालिकाका उपाध्यक्ष निरमाया तरामुले जानकारी दिइन् ।

दुर्घटनाको सूचना प्राप्त हुनसाथ उद्धारको लागि एम्बुलेन्स सहितको प्रहरीको टोली घटनास्थलतर्फ लागेको गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।


प्रकाशित : मंसिर ७, २०७९ ०६:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×