कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

दाङ २ (१) मा कांग्रेसका राजु खनाल विजयी

दुर्गालाल केसी

दाङ — दाङ-२ (१) मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल विजयी भएका छन् । खनालले १५ हजार ६ सय १६ मत प्राप्त गरेका छन् भने  उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बलिभद्र रानाले  १४ हजार ४ सय ४९ मत प्राप्त गरेका छन् । उनीहरूको मतान्तर  १ हजार १ सय ६७ रहेको छ । 

दाङ २ (१) मा कांग्रेसका राजु खनाल विजयी

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गोपालबहादुर बेल्बासेले ३ हजार ६ सय ३७ मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा बंगलाचुली गाउँपालिका र घोराही उपमहानगरपालिकाका ४, १३, १४, १५, १७, १८ र १९ वडाहरू पर्दछन् । यस क्षेत्रमा ३७ हजार ८६ मत खसेको थियो । यस क्षेत्रमा १ हजार ४ सय ८५ मत बदर भएको छ ।

खनाल कांग्रेस लुम्बिनी प्रदेश उपाध्यक्ष हुन् । खनाल २०७० मा दाङ-३ बाट संविधानसभा सदस्य निर्वाचित भएका थिए भने २०७४ मा उक्त क्षेत्रबाटै माओवादी केन्द्रका नेता कृष्णबहादुर महरासँग पराजित भएका थिए ।

प्रकाशित : मंसिर ७, २०७९ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×