कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

जाजरकोट १ (२) मा कांग्रेसका शाह विजयी 

कृष्णप्रसाद गौतम

सुर्खेत — जाजरकोट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ (२) मा कांग्रेसका उम्मेदवार राजिवविक्रम शाह कर्णाली प्रदेशसभा सदस्यमा विजयी भएका छन् । कांग्रेस केन्द्रीय सदस्य शाह १६ हजार ४० मत ल्याएर निर्वाचित भएका हुन् ।

जाजरकोट १ (२) मा कांग्रेसका शाह विजयी 

पाँच दलीय गठबन्धनका उम्मेदवार शाहले एमालेका खिमबहादुर शाहीलाई ५ हजार ५ सय १० को मतान्तरले पछि पार्दै प्रदेशसभा सदस्यमा जित हासिल गरेका हुन् । एमाले उम्मेदवार शाहीले १० हजार ५ सय ३० मत पाएका छन् ।

शाह जाजरकोटबाट प्रतिनिधिसभा सदस्यको टिकटका आकांक्षी थिए । तर पाँच दलीय गठबन्धनको निर्णयअनुसार संघीय सांसद पद माओवादीको भाग परेपछि शाह प्रदेशसभा सदस्यका उम्मेदवार भएका थिए ।

शाह २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा माओवादीका शक्तिबहादुर बस्नेतसँग पराजित भएका थिए । बस्नेत अहिले सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । उनी कांग्रेसको चौधौं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । जाजरकोटको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ (२) मा ४६ हजार ४ सय ९४ मतदाता रहेकोमा २९ हजार २६ मत खसेको थियो ।

प्रकाशित : मंसिर ७, २०७९ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?