कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्सा-४ मा एमालेका जालिम मियाँलाई हराउँदै कांग्रेसका रमेश रिजाल विजयी

भूषण यादव

वीरगन्ज — पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा कांग्रेसका रमेश रिजाल विजयी भएका छन् । रिजालले एमालेका जालिम मियाँलाई ५ हजार ५ सय २३ मतले पराजित गरेका हुन् ।

पर्सा-४ मा एमालेका जालिम मियाँलाई हराउँदै कांग्रेसका रमेश रिजाल विजयी

रिजालले ३१ हजार १ सय ४२ मत ल्याएका छन् भने मियाँले २५ हजार ६ सय १९ मत ल्याएका छन् ।

जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्षसमेत रहेका मियाँ गत मंसिरमा नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका हुन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले मियाँलाई पर्सामा आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गरेका थिए ।

प्रकाशित : मंसिर ७, २०७९ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?